धनगढी ।
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ। गाउँपालिकाको पाँच नम्बर वडाको क्युडीमा जिप दुर्घटना भएको हो।
वडाअध्यक्ष प्रदीप बुढथापाका अनुसार दुर्घटनामा दुई जनाको घटना स्थलमै ज्यान गएको हो। घटनाबारे थप विवरण आउन बाँकी छ।
अहिलेसम्म जानकारी प्राप्त अनुसार बाजुरा हिमालीको क्युडीमा दुर्घटनाग्रस्त जिपमा २६ जना सवार थिए। उनीहरूमध्ये १५ जना घाइते भएका छन्।













