आज अधिकांश मुद्राको भाउमा बृद्धि

केन्द्रभाग मिडिया

पोखरा ।
आज बिहीबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । विगत तीन दिनदेखि सबैजसो विदेशी मुद्राको भाउ लगातार बढ्दै आएको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियम दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा थियो ।

आज युरो एकको खरिददर १६१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४८ पैसा छ। हिजो युरो एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ थियो । त्यस्तै आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९० रुपैयाँ २१ पैसा थियो । कुबेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ११ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ०७ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ५५ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ५५ पैसा छ । हिजो हराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३७ पैसा थियो ।

  • ८ श्रावण २०८२, बिहीबार ०६:१७ प्रकाशित