नायवमहान्यायाधिवक्ताको राजीनामा मन्त्रिपरिषद् द्वारा स्वीकृत

केन्द्रभाग मिडिया

काठमाडौं।

नायवमहान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले अवकाशअघि नै पदबाट राजीनामा दिएका छन् ।

मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

डा. घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाश पेस गरेका थिए ।

  • ७ श्रावण २०८२, बुधबार १२:१० प्रकाशित