‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’ : पूर्वराष्ट्रपति भण्डारी

मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छ

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको बताएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले खुट्टा कमाउने स्थितिमा नरहेको बताएकी हुन् । ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उनले भनिन् ।

आफू सक्रिय राजनीतिमा आउने कुरामा कसैले पनि भयभीत नहुन पूर्वराष्ट्रपति भण्डारीले आग्रह गरेकी छन् । ‘बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ’, भण्डारीले भनेकी छन् ।

 

  • ६ श्रावण २०८२, मंगलवार १६:५२ प्रकाशित