काठमाडौं ।
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे आज निर्णय गर्ने भएको छ। च्यासलमा जारी केन्द्रीय कमिटीको आजको बैठकले भण्डारीबारे निर्णय गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
उनका अनुसार आजको बैठकमा अहिलेसम्म ५८ जनाले आफ्नो धारणा राखेका छन्, भने ७७ जनाले बोल्न नाम टिपाएका छन्। प्रस्तावित विधानमा सङ्गठित सदस्य र पार्टी सदस्यको व्यवस्था गरिएको भन्दै त्यसमा निकै गम्भीरताको साथ कुरा उठेको बताए।
आजको बैठकमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीति फर्किने विषय, पार्टी सदस्यता र सङ्गठित सदस्यताको व्यवस्था गर्नेलगायतका विषयमा धारणा राखेको पनि गौतमले बताए।
उनले भने, ‘मातहतका कमिटीहरू मुख्य गरेर निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश निर्वाचन क्षेत्रीय कमिटी समन्वय कमिटीहरूलाई संविधान अनुकूल कार्यकारी कमिटी बनाउनुपर्छ भन्ने कुरालाई जोडका साथ उठाइएको छ।’
पूर्व राष्ट्रपतिज्युको पार्टी सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्ने कुरालाई अधिकांश केन्द्रीय सदस्यले उठाएको बताए। उ














