बालिका बलात्कार आरोपमा ६४ वर्षीय वृद्ध पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

काठमाडौं ।

पर्वतमा ८ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् ।बलात्कार आरोपमा प्रहरीले बिहादी गाउँपालिकाका ६४ वर्षीय भुवानन्द तिवारीलाई पक्राउ गरेको छ ।

भुवानन्दले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरी आएपछि प्रहरी चौकी सेतीवेणीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

त्यसैगरी उदयपुरमा पनि १४ वर्षीया बालिका बलात्कारको आरोपमा चौदण्डी नगरपालिका–९ अजयगराका १९ वर्षीय सुजन दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।

  • ६ श्रावण २०८२, मंगलवार १३:११ प्रकाशित