पर्वतको लाङ्दी पहिरो अपडेट : पुरिएका दम्पतीको शव भेटियो

केन्द्रभाग मिडिया

पर्वत ।

पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा दम्पतीको ज्यान गएको छ । पहिरोमा पुरिएर बेपत्ता विश्वकर्मा दम्पतीको शव फेला परेको पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।

मोदी–३ देउराली लाङ्दीमा बिहानीपख खसेको पहिरो पुरिदाँ ७६ वर्षीय छविलाल र उनकी सोही उमेरकी श्रीमती विष्णुमती विश्वकर्मा बेपत्ता भएका थिए ।

स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा दम्पतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।

गए रातिदेखि परेको भारी वर्षाका कारण आज बिहान घरमाथि कान्लोबारी खस्दा दम्पती पुरिएका थिए भने उनीहरुकी २८ वर्षीया बुहारी पवित्रा हामफालेर ज्यान जोगाउन सफल भएकी थिइन् ।

  • ४ श्रावण २०८२, आईतवार १४:११ प्रकाशित