कास्की प्रहरीले एक वर्षमा पक्राउ गर्यो ८०४ जना फरार प्रतिवादी

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीमा एक वर्षको अवधिमा ८०४ जना फरार प्रतिवादी पक्राउ भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र त्यस अन्तर्गत रहेको प्रहरी कार्यालयबाट खट्टिएका प्रहरीले उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका हुन् ।

गत आर्थिक वर्ष २०८१र०८२ को १ साउन देखि ३१ असार २०८२ सम्म अबधिमा फरार प्रतिवादी पक्राउ गरिएको उनले बताए ।

अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका मध्य पक्राउ पर्नेमा ६०४ पुरुष, २०० जना महिला पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाइएको उनले बताए।

उनीहरुबाट ६१ वर्ष २ महिना १५ दिन कैद सजाय र १० करोड १२, लाख एक हजार ३७१ रुपैँया जरिवाना असुल गर्न अदालतमा उपस्थित गराईएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए ।

  • ४ श्रावण २०८२, आईतवार ०९:२८ प्रकाशित