पर्वतको लाङ्दीमा पहिरो, एक जनाको ज्यान गुम्यो, एकजना बेपत्ता

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।
पर्वतको मोदी गाउँपालिका वडा नं ३ लाङ्दीमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गुमेको छ ।

पहिरोमा परेर एकजना बेपत्ता छन् । आज बिहान करिब ४ बजेतिर पहिरोले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्माको ज्यान गुमेको हो ।

उनकी श्रीमती ७६ वर्षीया विष्णुमती पहिरोमा बेपत्ता छन् । ३२ वर्षीया बुहारी पवित्राले भने भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।

अहिले स्थानीय र प्रहरीले बेपत्ता विष्णुमतीको खोजी जारी राखेको उनले जानकारी दिए । प्रहरी निरीक्षक सापकोटाका अनुसार घरमा सासुससुरा र बुहारी मात्रै थिए । नातिनातिनी मामा घर गएका थिए ।

 

  • ४ श्रावण २०८२, आईतवार ०९:१५ प्रकाशित