सात दलीय मोर्चाले साउन १८ गते काठमाडौंमा बृहत् अन्तरक्रिया गर्ने

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।

सात दलीय सङ्घीय लोकतान्त्रिक मोर्चाले साउन १८ गते काठमाडौँमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

काठमाडौंबाट सुरु हुने अन्तरक्रिया सात वटै प्रदेशमा गर्ने तय भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले बताए । काठमाडौँमा साउन १८ गते हुने कार्यक्रमको तयारीमा मोर्चा जुटेको बताउँदै उनले त्यसको तयारीका लागि भोलि शनिवार मोर्चाको बैठक बोलाएको बताए ।

बैठकमा मोर्चामा आबद्ध दलका जिल्ला अध्यक्षहरूलाई पनि बोलाइएको छ । कार्यक्रम सफल बनाउनका लागि मोर्चामा आबद्ध दलका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने उनले बताए । अन्तरक्रियामा भूमि विधेयक, संविधान संशोधनलगायतका विषयमा छलफल हुने बताए ।

भोलिको बैठकले मोर्चामा आबद्ध दलहरूलाई कार्यक्रमको जिम्मेवारी बाँडफाँड समेत गरिनेछ ।

काठमाडौँपछि लुम्बिनी प्रदेशको भैरहवामा साउन २१, नेपालगन्जमा २३ गते, सुदूरपश्चिम प्रदेशको कैलालीमा २५ गते, कोशी प्रदेशको विराटनगरमा भदौ १६ गते, मधेस प्रदेशको राजविराजमा १८, जनकपुरमा २० र वीरगन्जमा २२ गते कार्यक्रम तयारी रहेको छ ।

  • २ श्रावण २०८२, शुक्रबार १३:१३ प्रकाशित