पोखरा ।
आज शुक्रबार अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । हिजो पनि यी मुद्राको भाउ बढेको थियो । त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो लगायत कतिपय विदेशी मुद्रा भाउ भने सस्तिएको छ । यी मुद्राको भाउ हिजो पनि घटेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ १२ र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा छ। हिजो युरो एकको खरिददर १५९ रुपैयाँ ३१ र बिक्रीदर १६० रुपैयाँ थियो । आज पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ०५ र बिक्रीदर १८४ रुपैयाँ ८६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८३ रुपैयाँ ८६ र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा थियो ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १३ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा थियो ।
कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ४८ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ७१ पैसा थियो । आज बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६६ रुपैयाँ १० पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ५४ पैसा थियो ।














