कपिलवस्तुमा सर्पको डसाइबाट १४ महिनाकी बालिकाको ज्यान गयो

केन्द्रभाग मिडिया

बुटवल ।

कपिलवस्तु जिल्लामा सर्पको डसाइबाट बालिकाको ज्यान गएको छ । जिल्लाको महाराजगन्ज नगरपालिका– २ मा सर्पको डसाइबाट स्थानीय झगरु पासवानकी १४ महिनाकी छोरी सङ्गीता पासवानको ज्यान गएको हो ।

घरमा सुतेको अवस्थामा उनलाई सर्पले डसेको थियो । उपचारका लागि बहादुरगन्ज अस्पताल लगिएकी उनको उपचार हुन नसकेपछि थप उपचारका लागि गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।

  • १ श्रावण २०८२, बिहीबार १३:५० प्रकाशित