काठमाडौं ।
पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलेको वरिष्ठ उपाध्यक्ष पद नै खारेज हुने भएको छ।आज बस्ने एमालेको केन्द्रीय सचिवालयको बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नै नरहने गरि विधानमा संशोधनको निर्णय गर्न लागेको हो।
आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बिहीबार दिउँसो बस्दैछ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नै नरहने निर्णय गर्न लागेको एमालेका एक नेताले बताए।।














