अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज अमेरिकी डलर, कुबेती र बहराइन दिनरसहित केही विदेशी मुद्राको भाउ बढेको छ । हिजो यी मुद्राको भाउ घटेको थियो । त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड लगायत कतिपय विदेशी मुद्राको भाउ भने सस्तिएको छ । यी मुद्राको भाउ हिजो बढेको थियो।

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा छ ।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक
सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८३ रुपैयाँ ८६ र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८४ रुपैयाँ १९ र बिक्रीदर १८५ रुपैयाँ थियो । आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९० रुपैयाँ २९ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ७१ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ४० पैसा र बिक्रीदर ४५० रुपैयाँ ३६ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ५४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९९ पैसा थियो ।

  • १ श्रावण २०८२, बिहीबार ०७:११ प्रकाशित