काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटरमा ५ र डिजेल र मट्टितेलमा १/१ रुपैयाँ घटाएको भाउ घटाएको छ ।
भाउ घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १ सय ४५ रुपैयाँ ५० पैसा, १ सय ४७ रुपैयाँ र १ सय ४८ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर १ सय ५७ रुपैयाँ ५० पैसा, १ सय ५९ रुपैयाँ र १ सय ६० रुपैयाँ तोकिएको छ ।
भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको निगमको विज्ञप्तिमा उल्लेख छ ।















