पोखरा।
रोटरी क्लव अफ़ नक्साल शक्ति र रोट्याक क्लव अफ़ नक्साल शक्तीको संयुक्त व्यवस्थापनमा पोखरा महानगरपालिका वडा नम्बर १३ आर्वामा बृहत बृक्षारोपण कार्यक्रम गरिएको छ ।
सो अवसरमा फलफुल तथा अन्य गरी १५ प्रजातीका बिभिन्न १५०० बिरुवा रोपिएको सुनडाँडा टोलविकाश संस्थाका सचिव रामेश्वर बरालले जानकारी दिए ।
आर्वा स्थित सुनडाडाँ टोलविकास संस्थाको आयोजना तथा पोखरा १३ कासम्पुर्ण टोलबासिको सहकार्यमा वृक्षारोपण गरिएको हो । वडा नम्बर १३ काहुँखोला देखि महाप्रभुधाम सम्मको करिब ५ किलोमिटर पक्की सडककोे दायाँ बायाँमा वृक्षारोपण गरिएको छ ।
‘भविष्य बढाउ : २०२५ लाई हरियो वर्ष बनाउ’ भन्ने मुलनाराका साथ आयोजना गरिएको बृक्षारोपण कार्यक्रममा रोटरी क्लव अफ नक्साल शक्तिका अध्यक्ष रोटरियन अप्सरा कोईराला, क्लबका सस्थापक अध्यक्ष रोटरयन डा.लुना शर्मा, गण्डकी प्रदेशकी पहिलो उपसभामुख सृजन शर्मा, रोटरी क्लव पोखराका पुर्व अध्यक्ष डिस्ट्रक ३२९२ का क्षेत्रिय संयोजक रोटरियन जितेन्द्र सिग्देल ,रोट्याक क्लवका सस्थांपक अध्यक्ष विप्लव ज्ञवाली ,सुनडाडाँ टोलविकास संस्थाका अध्यक्ष शम्भुबहादुर बराल, वडासदस्य सुचित तामाङ्ग सहितको उपस्थिती रहेको थियो ।
सो अवसरमा रोटरी र रोट्यक क्लवका सम्पूर्ण कार्यसमितिका पदाधिकारी सदस्यहरु समेत सहभागी थिए । कार्यक्रमको सञ्चालन रोटरी क्लवका सचिव ईन्जिनियर धुव्र पौड्यलले गरेका हुन् ।













