‘सामान्य प्रशासन मन्त्री गुप्ताले राजीनामा दिएर मात्रै पुग्दैन, छानबिन हुनुपर्छ’

केन्द्रभाग मिडिया

file photo

काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजमात्रै पदबाट राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने बताएको छ ।

मंगलबारको प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर छानबिन गर्न माग गरे ।

बहालवाला मन्त्रीले घूसको डिल गरेको अडियो सार्वजनिक हुने बेलासम्म छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग के हेरेर बसेको छ भन्ने प्रश्न पनि सांसद शाहीले गरे ।

रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिए । सांसद नेपालीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै नपुग्ने बताएका छन् । उनी मुछिएको घूस काण्डमा सत्य तथ्य छानबिन हुनुपर्ने सांसद नेपालीले बताए ।

मन्त्री गुप्ताले राजीनामा दिएर नैतिकता देखाए पनि गृहमन्त्री रमेश लेखकले आफूमाथि प्रश्न उठ्दा पनि राजीनामा नदिएर पद लोलुपता देखाएको बताए । उनले गृहमन्त्री लेखकले कहिले राजीनामा दिन्छन् भनेर प्रश्न गरे ।

  • ३१ असार २०८२, मंगलवार १३:४९ प्रकाशित