गाजामा पानीको लाइनमा बसिरहेकामाथि आक्रमण, ६ बालबालिकासहित १० जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

गाजा ।

इजरायली सेनाले गाजामा पानी लिन गएका बेला इजरायली हवाई आक्रमणमा छ बालबालिकासहित दश जनाको ज्यान गएको सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ।

यस कारबाहीमा एक ‘आतङ्कवादी’ लाई निशाना बनाएको तर गोला बारुद धेरै मिटर टाढा खसेको इजरायली सेनाले भनेको छ । इजरायली सेनाले यसलाई ‘प्राविधिक गल्ती’ बताउँदै सर्वसाधारणलाई भएको कुनै पनि क्षतिप्रति क्षमाप्रार्थी रहेको बताएको छ।

गाजाका आपत्कालीन सेवा अधिकारीहरूका अनुसार आइतबार मध्य गाजामा पानी सङ्कलन गर्ने क्रममा इजरायली हवाई आक्रमणमा उनीहरुको ज्यान गएको थियो । मृतकहरूको शव नुसेरतको अल(अवदा अस्पताल पठाइएको थियो, जसलाई अस्पतालका एक डाक्टरले पुष्टि गरेका थिए।

डाक्टरका अनुसार अस्पतालमा १६ जना घाइतेको पनि उपचार गरिएको छ, जसमा सात बालबालिका पनि छन्।

  • ३० असार २०८२, सोमबार १३:३३ प्रकाशित