मौद्रिक नीतिपछिको सेयर बजार १ प्रतिशतले बढ्यो

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

मौद्रिक नीतिपछि आइतबार खुलेको सेयर बजार २९ अंक (१.०६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७६० अंकमा कायम रह्यो । बजार खुलेको १ मिनेटमै ६६ अंकले नेप्से बढे पनि टिक्न सकेन । ११ः ०१ बजे नेप्से २७९७ अंकसम्म पुगेको थियो । तर बिक्री चाप बढेपछि बजार सम्हालियो ।

कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४१ करोडको भयो ।१५८ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो । आज बैंकिङ र माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै बढे । माइक्रोफाइनान्स ३.५० र बैंकिङ ३.३७ प्रतिशत बढे ।

माइक्रोफाइनान्स कम्पनीलाई लाभांश वितरणमा लगाइएको १५ प्रतिशतको सीमामा पुनरावलोकन गर्नेगरी मौद्रिक नीतिले सम्बोधन गरेको छ । जसले गर्दा यो समूह सबैभन्दा धेरै बढ्यो । त्यस्तै बैंकको आधार दर गणनालाई यथार्थपरक बनाउने उद्घोष नीतिमा गरिएको छ । यसले बैंकिङ समूहलाई बढाउन मद्दत पुग्यो ।

 

  • २९ असार २०८२, आईतवार १५:४७ प्रकाशित