पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको जोड थालेको काम सक्नेमा रहेको बताए छन् ।
आइतबार विहान सिद्धार्थ राजमार्गलाई छोट्याउन र सुरक्षित यात्राका लागि निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गको एक वर्षको कार्य प्रगति उल्लेख गर्दै समाजिक सञ्जाल फेस बुकमा उनले यस्तो पोष्ट गरेका हुन् । प्रधानमन्त्री ओलीले स्टाटसमा सिद्धबाबा सुरुङमार्गको काम एक वर्षयता ४३ प्रतिशत प्रगति भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘हामीले सरकारमा आएपछि भनेका थियौं– हाम्रो मुख्य जोड थालेका काम सक्ने हो । सिद्धबाबा सुरुङमार्गको काम एक वर्षयता ४३ प्रतिशतले प्रगति भएको छ।’















