कालिगण्डकी गाउँपालिकाको पुँजीगत खर्च ९० प्रतिशत

केन्द्रभाग मिडिया

स्याङ्जा ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले ९० प्रतिशत भन्दा बढि पुँजीगत खर्च गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१/०८२ को वित्तीय प्रगति सार्वजनिक गर्दै कालिगण्डकीले ९० दशमलब ६६ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको जनाएको छ ।

गाउँपालिकाले पुँजीगत शिर्षकमा विनियोजन गरेको कुल २८ करोड २२ लाख ६६ हजार ७ सय ५० रुपैयाँको ९० दशमलब ६६ प्रतिशतले हुने २५ करोड ५९ लाख ९ हजार ६ सय ९१ रुपैयाँ खर्च गर्न सफल भएको छ ।

यस अवधिमा गाउँपालिकाले चालु शिर्षकमा विनियोजन गरेको ४० करोड ४४ लाख ९ हजार २० रुपैयाँमा ८२ दशमलब ५ प्रतिशत अर्थात ३३ करोड ३५ लाख ८० हजार ५ सय ९४ खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले बताए ।

आर्थिक वर्ष २०८१/०८२ मा कालिगण्डकी गाउँपालिकाले ६८ करोड ६६ लाख ७६ हजार ४ सय ७० रुपैयाँको कुल बजेट मध्ये समग्रमा ८५ दशमलब ८४ प्रतिशतले हुन आउने ५८ करोड ९४ लाख ९० हजार २ सय ८५ रुपैयाँ खर्च गरेको सार्वजनिक वित्तीय प्रगतिमा उल्लेख छ ।

  • २८ असार २०८२, शनिबार १७:३६ प्रकाशित