राष्ट्रिय माविले गर्यो हीरक महोत्सवको आयव्यय सार्वजानिक

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आफ्नो हीरक महोत्सवको आयव्याय सार्वजनिक गरेको छ । शनिबार विद्यालयले आर्थिक प्रतिवेदन समीक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रमसहित हीरक महोत्सव २०८०-०८१ को आयव्याय सार्वजनिक गरेको हो ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद सापकोटाले हीरक महोत्सवका सबै कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष सूर्यप्रसाद सुवेदीले गरेका हुन् । उक्त आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २०८२-०३-२७ सम्म हीरक महोत्सवको कुल आम्दानी ५८ लाख ९७ हजार ३३३ रुपैयाँ र खर्च ५८ एक हजार ९३२ भई ९५ हजार ४०१ रुपैयाँ बचत भएको जानकारी दिए ।

आर्थिक प्रतिवेदन माथि विद्यालयका लेखापाल तथा हीरक महोत्सव सहकोषाध्यक्ष गीतादेवी अधिकारीले आयव्ययको विस्तृत जानकारी गराएकी थिइन् । प्रस्तुत प्रतिवेदनको आयव्यय विवरण लेखापरीक्षण सम्पन्न भएपछि सार्वजानिक गर्ने निर्णय गरी हीरक महोत्सव कार्यक्रम सम्पन्न गर्न गठित मूल आयोजक समारोह समिति, कार्यसम्पादन समिति लयागत विभिन्न उपसमितिहरु विघटन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हीरक महोत्सव मूल आयोजक समारोहका अध्यक्ष रामविक्रम राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १ का अध्यक्ष शाहारा प्रधान, महोत्सव उपसमितिका संयोजक, समाजसेवी, स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालको उपस्थिति थियो ।

  • २८ असार २०८२, शनिबार १३:२९ प्रकाशित