अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज शनिबार अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्डसहितका मुद्रा भने महँगिएका छन् ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा थियो ।

आज युरो एकको खरिददर १६० रुपैयाँ १२ र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा छ । हिजो युरो एकको खरिददर १६० रुपैयाँ २२ र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा थियो । त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ २० र बिक्रीदर १८६ रुपैयाँ ०१ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ७५ र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २१ पैसा र बिक्रीदर ९० रुपैयाँ ६० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ २४ पैसा र बिक्रीदर ४५० रुपैयाँ २० पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ५० पैसा र बिक्रीदर ४४९ रुपैयाँ ४६ पैसा थियो । आज बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २५ पैसा थियो ।

  • २८ असार २०८२, शनिबार ०७:०७ प्रकाशित