आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दैछ । आगामी आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति आज दिउँसो १ः३० बजे बालुवाटारस्थित राष्ट्र बैंकको नयाँ भवनबाट सार्वजनिक गर्न लागेको हो ।

यो मौद्रिक नीति प्राडा. विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नरको कार्यभार सम्हालेपछि ल्याउन लागेको पहिलो हो । यसका लागि पौडेलले बिहीबार राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक राखेर छलफल गरेका छन् । राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृतिपछि गर्भनर पौडेलले मौद्रिक नीति सार्वजनिक गर्न लागेको हुन् ।

आज राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिलाई समग्र आर्थिक क्षेत्र, बैंक तथा वित्तीय संस्था र सेयर बजारका सहभागीले चासोका साथ हेरेका छन् ।

अर्थतन्त्रको गति बढाउन र निजी क्षेत्रलाई प्रोत्साहित गर्नका लागि कार्यशील पुँजी कर्जा विस्तार, ब्याज जरिवानामा सहुलियत, लघुवित्त ऋणीहरूलाई राहत दिनेसहितका व्यवस्था यसपटकको मौद्रिक नीतिमा समेटिने अपेक्षा गरिएको छ ।

  • २७ असार २०८२, शुक्रबार ०९:१८ प्रकाशित