भारतको गुजरातमा पुल भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १५ पुग्यो

केन्द्रभाग मिडिया

गुजरात ।

भारतको गुजरात बडोदरा र आनन्दलाई जोड्ने पुल हिजो बुधबार भत्किँदा महिसागर नदीबाट १५ जनाको शव भेटिएको छ। बुधबार नै १३ जनाको शव निकालिएकोमा बिहीबार बिहान थप २ जनाको शव फेला पारेको हो ।

दुर्घटनामा एकै परिवारका तीन जनाको ज्यान गएको छ। चार जना अझै बेपत्ता रहेको बताइएको छ। उनीहरूको खोजी जारी छ।

बुधबार बिहान महिसागर नदीमाथिको पुल भत्किँदा दुई ट्रक, दुई कार र एउटा रिक्सा नदीमा खसेका थिए। एउटा ट्याङ्कर भने पुल भाँचिएको छेउमा अड्किएको थियो।

  • २६ असार २०८२, बिहीबार १३:१५ प्रकाशित