पोखरा ।
नेपाली कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसीले आफूलाई पार्टीले तीन महिनाका लागि साधारण सदस्य समेतबाट निलम्बन गरेपछि भावुक स्टाटस लेखेर प्रतिक्रिया जनाएका छन् । उनले पार्टी र संगठनमा योगदान भन्दापनि चाकडी गरेर नेता भएकाहरुको स्वार्थको सहयोगी भएर पार्टी नेतृत्वले आफूलाई कारबाही गरेको आरोप लगाएका छन् । व्यांग्यात्मक शैलीमा पार्टीका केन्द्रीय सदस्य, पदाधिकारी केन्द्रीय नेतृत्व प्रति उनले आभार प्रकट समेत गरेका छन् ।
(…मलाई निकाल्नु पर्छ भनेर निवेदन दिनेदेखि नेताहरुकोमा कार्बाही गर्नुपर्छ भने र निरन्तर लागि रहने कास्कीका मिहिनेत,परिश्रम,आन्दोलन र संगठनसंग जोडिएर होइन नेताको चाकडी र जायज नाजायज स्वर्थको सहयोगी भए र नेता भएकाहरु र नेपाली कांग्रेसका केन्द्रीय सभापति उपसभापति, माहामन्त्री लगाएत सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यका साथै अनुशासन समितिका संयोजक र सदस्यलाई मलाई पार्टीबाट निल्म्बन गर्नुभएकोमा आभार तथा धन्यवाद व्यक्त गर्दर्छु ।’ उनले भनेका छन् ।
आफ्नो योगदानलाई कास्कीका जनताले नभुलेको उल्लेख गरेका उनले आँफू जहाँ रहेपनि कास्कीको सामाजिक बिकास र राजनीतिमा रहने भन्दै मैदान छाडेर नभाग्ने अठो उल्लेख गरेका छन् । उनले आफू पार्टीमा नरहदा सुरक्षित ठान्नेहरुसंग ०८४ मा भेट्ने उल्लेख गरेका छन् ।
















