काठमाडौं ।
पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । नेपाल आयल निगमले आज मध्यरातको १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल र मट्टितेलमा समान २ रुपैयाँ बढाएको हो । नयाँ मूल्यअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ पर्नेछ ।
डिजेल प्रतिलिटर १ सय ५३ रुपैयाँ पर्नेछ । निगमले हवाई इन्धनको मूल्य भने घटाएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले घटाएर प्रतिलिटर १ सय २६ रुपैयाँ कायम गरेको छ ।
हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाएको निगमले जनाएको छ ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।