रविसहित सात जनाको थुनछेक बहस सुरु

केन्द्रभाग मिडिया

पोखरा ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका प्रतिवादीको बयान मंगलबार सकिएको छ । कास्की जिल्ला अदालतका अनुसार मंगलबार सबै प्रतिवादीहरूको बयान सकिएलगत्तै थुनछेक बहसको प्रक्रिया अगाडि बढाइएको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेसहित सात जनाको उपर थुनछेक बहस सुरु भएको हो । सहकारी प्रकरणमा रविसहित गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशी, जीबीका साझेदार लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ, र पूर्व सञ्चालक कृष्णबहादुर गुरुङको बयान अदालतमा दर्ता भएको छ ।

सहकारी ठगी प्रकरणका आरोपित सबै प्रतिवादीहरूको बयान लिएपछि आजैबाट थुनछेक बहस अगाडि बढाइएको हो ।

  • १६ पुष २०८१, मंगलवार २०:२४ प्रकाशित