काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’मा हस्ताक्षर गरेका छन् ।
राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा मंगलबारदेखि आरम्भ भएको अभियानमा हस्ताक्षर गर्दै शुभकामना दिएका हुन् ।
बाल विवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बाल विवाह मुक्त बनाउने प्रधानमन्त्री ओली सङ्कल्प लिए । मुलुकी अपराध संहिता, २०७४ मा बाल विवाहलाई दण्डनीय मानेको छ ।
भेटमा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जष्ट राइट्स फर चिल्ड्रेन’का संस्थापक भुवन रिम्भु र बाल विवाह भोगेर हाल यसविरुद्धको अभियानमा संलग्नहरुको उपस्थिति रहेको थियो ।