नेपालमा सन २०२४ मा भित्रिए साढे एघार लाख पर्यटक

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालमा पर्यटक आगमन झण्डै कोभिड १९ अगाडिकै लयमा फर्किएको छ । सन् २०२४ मा नेपालमा झण्डै साढे ११ लाख पर्यटक नेपाल भित्रएका नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज विहान ५ बजेसम्मको तथ्यांक अनुसार अनुसार ११ लाख ४७ हजार २४ जना पर्यटक नेपाल भित्रिएका भित्रिएका छन् । आज रातिसम्म थप ३ हजार पर्यटक भित्रने उनले जानकारी दिए । केन्द्रभागसंग कूरागर्दै पर्यटन बोर्डका निर्देशक लामिछानेले भने, ‘आज विहान ५ बजेसम्मको डाटा हेर्दा यो वर्ष (सन २०२४) ११ लाख ४६ हजार २४ जना पर्यटक नेपाल भित्रिएका छन् । हामीकहाँ सरदर तीन हजार पर्यटक भित्रने गर्दछन् । यसरी हेर्दा यो वर्ष साढे ११ लाख पर्यटक भित्रिन्छन् । थपिएको विवरण भोलि (बुधबार) मात्र सार्वजनिक हुन्छ’ उनले भने ।

निर्देशक लामिछानेले यो अघिल्लो वर्ष भन्दा यसवर्ष अगामन दर बढेको छ । यो सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढी हो । नेपालको पर्यटन बजार पुरानै लयमा फर्कने फिकिएको मान्नुपर्ने उनले बताए । कोभिड १९ अगाडि सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।

निर्देशक लामिछानेले विश्वमा पर्यटक रिकभरी दर ९७ प्रतिशत रहेकोमा नेपालमा ९६ प्रतिशत हुनुलाई विश्वको पर्यटक आगमनकै दर अनुरुप मान्नुपर्ने उनले बताए । राष्ट्रसंघीय विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) को पछिल्लो छ महिनाको तथ्यांक अनुरुप विश्वमा ९७ प्रतिशतले पुनरुत्थान भएको देखाएको छ भने नेपालमा कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको हो ।

  • १६ पुष २०८१, मंगलवार १४:०२ प्रकाशित