वर्षको अन्तिम दिन आज डलरको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३७ रुपैयाँ १६ पैसा रहेको छ ।

युरो एकको खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३० पैसा छ । यस्तै पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८४ पैसा छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८ रुपैयाँ ७० पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा छ ।

आज रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ४६ पैसा र बिक्री दर ३७ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा रहेको छ ।

  • १६ पुष २०८१, मंगलवार ०९:४८ प्रकाशित