प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले भ्रष्ट र दलालको पक्षमा काम गरिरहेको आरोप लगाएका छन् ।
झापाको गौरगञ्जमा आज आयोजित माओवादी केन्द्रको सभालाई सम्बोधन गर्दै सो आरोप लगाएका हुन् । प्रचण्डले सरकारले भ्रष्ट र दलालको पक्षमा काम गरेको आरोप लगाउँदै संविधान, देश र लोकतन्त्रकाविरुद्धमा काम गरिरहेको बताए ।
उनले भने, ‘यो सरकारले साँच्चै नै भ्रष्ट र दलालका पक्षमा काम गर्दै छ। संविधान, देश र लोकतन्त्रका विरुद्धमा काम गर्दैछ।’
अहिलेको सरकार अलोकतान्त्रिक, असंवैधानिक र अप्राकृतिक रहेको समेत जिकिर गरे। प्रचण्डले भने, ‘अहिलेको सरकार न लोकतान्त्रिक छ, न संवैधानिक छ। यो अलोकतान्त्रिक, असंवैधानिक र अप्राकृतिक छ।’
आफूहरुसँग प्रयाप्त तागत नभएकाले जनताको आसा हुँदाहुँदै पनि सरकार छोड्नु परेको भन्दै उनले २०८४ को चुनावमा आफूहरुलाई पहिलो पार्टी बनाउन समेत आग्रह गरे।