पत्रकार सम्मेलन गर्दै भीम रावल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

एमालेबाट निष्कासनमा परेका डा.भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएका छन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिए ।

एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् ।  पत्रकार सम्मेलन १७ गते १ बजे कार्की ब्याङकेटमा आयोजना हुने भएको छ । सोही पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुने बताइएको छ ।

एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।

  • १५ पुष २०८१, सोमबार १४:३७ प्रकाशित