रौतहट ।
रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आइतबार मध्यरात भीषण आगलागी भएको छ। आगलागीबाट आधा दर्जनभन्दा बढी घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको हो।
गएराति सवा २ बजेको समयमा पताही बस्ने जगतनाथ पासवानको खरले बारेको घरनजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो। आगलागीबाट बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी पासवान, प्रदीप पासवानलगायत ७ जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट ८ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए। आगो बिहान साढे ३ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । अन्य मनवीय क्षति नभएको प्रहरीले जनाएको छ ।














