पोखरा ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।
आज दिउँसो गण्डकी र कोशी प्रदेशका केही स्थानमा बदलीको सम्भावना छ । बाँकी स्थानको मौसम सफा रहने छ ।
आगामी २४ घन्टाका लागि बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेको महाशाखाले बताएको छ ।