साताको अन्तिम दिन डलरको भाउ स्थिर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा रहेको छ ।

युरो एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा छ । यस्तै पाउण्ड एकको खरिददर १७० रुपैयाँ ५८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३४ पैसा छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८ रुपैयाँ ६८ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८ रुपैयाँ ७३ पैसा छ ।

आज रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ३५ पैसा र बिक्री दर ३७ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा रहेको छ ।

  • १२ पुष २०८१, शुक्रबार ०९:३५ प्रकाशित