स्टेसनरी व्यवसायी र उनीहरुका परिवारका सदस्यलाई फेवा डेन्टल क्लिनिकमा छुटैछुट

केन्द्रभाग मिडिया

पोखरा ।

पुस्तक तथा स्टेसनरी व्यवसायी र उनीहरुका आश्रित परिवारले पोखरा ४ गैह्रापाटनमा रहेको फेवा डेन्टल क्लिनिकमा विभिन्न प्रकारका छुट पाउने भएका छन् । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ र फेवा डेन्टल क्लिनिक बीच बुधबार सम्झौता भएसंगै व्यवसायी र व्यवसायीका अश्रित परिवारले विभिन्न छुट पाउने भएका हुन् ।

सम्झौतामा फेवा डेन्टल क्लिनिकतर्फबाट प्रोपाइटर प्रकाश कोइराला र पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघको तर्फबाट अध्यक्ष गोविन्द गौतमले हस्ताक्षर गरेका हुन् ।  सम्झौताअनुसार फेवा डेन्टल क्लिनिकले संघका सदस्य व्यवसायी र उनीहरूका आश्रित परिवारका सदस्य (बुबा, आमा, जीवनसाथी, र छोराछोरी) लाई विभिन्न सुविधाहरू उपलब्ध गराउने क्लिनिकका प्रोपाइटर कोइरालाले जानकारी दिए ।

उनका अनुसार डाक्टरको परामर्श शुल्क निःशुल्क हुनेछ भने, क्लिनिकका सबै परीक्षण र सेवामा व्यवसायी र व्यवसायीका आश्रित परिवारले २५ छुट प्राप्त गर्नेछन् ।

सेवा प्राप्तिका लागि पोखरा पुस्तक तथा स्टेसनरी संघले उपलब्ध गराएको सदस्य परिचयपत्र अनिवार्य गरिएको र यो सम्झौता दुई वर्ष लागू हुनेछ । यो सम्झौताले व्यवसायीहरू र उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा सहजता ल्याउने संघका अध्यक्ष गोविन्द गौतमले विस्वास प्रकट गरे ।

 

  • ११ पुष २०८१, बिहीबार २१:५३ प्रकाशित