माघ पहिलो साता पोखरा १५ मा खेलकुद महोत्सव हुने

केन्द्रभाग मिडिया

पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा खेलकुद महोत्सवको आयोजना हुने भएको छ । स्थानीय तहमा खेलकुदको माध्यमबाट समुदायको सर्वांगीण विकास गर्नका लागि वडा १५ ले तेस्रो संस्करणको महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवबारेमा जानकारी दिन आयोजित पत्रकारसम्मेलनमा बोल्दै वडा १५ का वडाअध्यक्षले वडा नम्बरमा ग्रास रुट स्तरको खेलकुद विकासका लागि खेल महोत्सवको आयोजना गर्न लागेको जानकारी दिए । उनले वडाको खेलकुद विकासमा बजेट अभाव भएपछि हिमालय लाइफ नेपाल र राइट फर चिल्डे«नको आर्थिक सहयोग रहेको सुनाए ।

माघ २ देखी ६गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ विधाका खेल हुनेछन । पुरुष फुटबल, भलिबल, सडकदौड (४५ वर्षमाथि), ब्याडमिन्टन (सिंगल÷डबल) का खेल हुनेछन् ।

यस्तै महिलातर्फ रस्साकशी, भलिबल, सडक दौड (३५ वर्षमाथि) ब्याडमिन्टन (सिंगल÷डबल्स) का खेल हुनेछन् । यस्तै विद्यालयस्तरमा छात्र फुटबल, ५ किमी छात्र छात्रा सडक दौड, छात्र छात्रा युनि हक्की, १० किमी साइक्लिङ हुनेछ । हक्की र साइक्लिङ महानगरस्तरीय हुने कार्यक्रम संयोजक आसिष भण्डारीले बताए । अपाङ्गता भएका व्यक्ति तर्फ ह्विलचियर बास्केटबल र ह्विलचियर दौड हुनेछ ।

पुरुषतर्फको फुटबल विजेताले नगद ४० हजार तथा उपविजेताले ३३ हजार चरा सय रुपैयाँ प्राप्त गर्नेछन । यस्तै विद्यालयस्तरीयको फुटबल विजेताले २६ हजार सात सय र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

भलिबलतर्फको महिला÷पुरुष विजेताले समान २६ हजार सात सय तथा उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विद्यालयस्तरीय युनी हक्की विजेता छात्र÷छात्राले १० हजार तथा उपविजेताले आठ हजार तथा तेस्रो हुनेले ६ हजार, साइक्लिङको विजेताले आठ, उपविजेताले ६, तेस्रोले चार तथा सान्त्वना हुने टिमले दुुई हजार रुपैयाँ प्राप्त गर्नेछन् । सडक दौडको विजेताले १०, उपविजेताले आठ, तेस्रोले ६ सान्त्वनाले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन ।

ब्याडमिन्टको डबल्स विजेताले आठ तथा उपविजेताले ६ र सिंगलको विजेताले पाँच तथा उपविजेताले चार हजार, रस्साकशीको विजेताले १० उपविजेताले आठ, तेस्रो हुनेले ६ हजार, ह्लिचियर बास्ककेटबलको विजेताले १० उपविजेताले आठ र ह्विलचियर दौडको विजेताले ६हजार सात सय र उपविजेताले ५ हजार चार सय, तेस्रोले चार हजार र सान्त्वना हुनेले दुुइ हजार सात सय रुपैयाँ प्राप्त गर्नेछन् ।

  • ११ पुष २०८१, बिहीबार १७:१८ प्रकाशित