म्याग्दीमा टिपर दुर्घटना, २ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

म्याग्दी ।

म्याग्दीमा टिपर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । निर्माणाधीन ४२ मेगावाट क्षमताको राहुघाट हाइड्रोपावरको टिपर दुर्घटना हुँदा दुई भारतीयको निधन भएको हो ।

ज्यान गुमाउनेमा भारतका ३३ वर्षका दशरथ यादव र सह चालक ४० वर्षका शत्रुधन रजक छन् । पिप्लेमा रहेको हाइड्रोपावरको अडिट ३ बाट अडिट २ तर्फ जाने क्रममा डिपि २ ए ७५६८ नम्बरको भारतीय टिपर दुर्घटना भएको म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

  • ११ पुष २०८१, बिहीबार १६:२१ प्रकाशित