सहकारी ठगी प्रकरणः आज रविको बयान सुरु होला ?

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीहरूको बयान आज पनि जारी रहनेछ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतले गत सोमबारदेखि प्रतिवादीहरूसँग बयान लिइरहेको हो। पूर्वडीआइजी छविलाल जोशीको बयान मंगलबार सकिएको छ । छविको बयान प्रश्चात लीला पछाईको बयान सुरु भएको छ ।

हिजो बुधबार क्रिसमसको सार्वजनिक बिदा भएकाले बयान नभएकाले आजदेखि पुन बयान थालिने जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन्।

पछाईंको बयान बाँकी रहेकाले आज पनि उनकै बयान जारी रहने सूचना अधिकारी अधिकारीले बताए।

उनको बयान आज सकिएर अर्का प्रतिवादीको सुरु हुने सम्भावना रहेको उनले बताएका छन् ।

आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु हुने नहुने भने निश्चित नभइसकेको उनले जनाएका छन् ।

  • ११ पुष २०८१, बिहीबार १०:३८ प्रकाशित