पोखरा महोत्सवमा विभिन्न प्रायोजकहरु आउने क्रम जारी, महोत्सव अवधिभर भाषा कक्षामा ४० प्रतिशत सम्म छुट

केन्द्रभाग मिडिया

पोखरा ।
आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवमा प्रायोजकहरु आउने क्रम जारी रहेको छ । महोत्सव आयोजक युनाईटेड क्लब पोखरा र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालि बिच महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरु मध्येबाट गोलाप्रथाको माध्यामबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर संगै महोत्सव अवधिभर भाषा कक्षामा ४० प्रतिशत सम्म छुटगरी महोत्सव आयोजक युनाईटेड क्लब र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिका संचालक पूर्ण कुमार श्रेष्ठ बीच पोखरा महोत्सवको प्रायोजकमा रही सहकार्य गर्ने गरि सम्झौता भएको हो ।

सो अवसरमा वोल्दै भिजन लिंक एजुकेशन कन्सल्टेन्सीका सञ्चालक पूर्ण कुमार श्रेष्ठले पोखरा महोत्सव संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए । पोखराको अमरसिंहमा रहेको भिजन लिंक एजुकेशन कन्सल्टेन्सीबाट विदेश अध्ययनका लागि युके, युएसए, क्यानडा, जापान, कोरिया, युरोप, दुवईका लागि काम गर्दै आइरहेको बताउदै हाल उक्त कन्सल्टेन्सीमा जापानिज, कोरियन, जर्मन भाषा संगै आइएलटीएस र पीटीइका कक्षाहरु सञ्चालन हुदै आएको र जापानका लागि विद्यार्थी भिषा, टे«निङ भिषा, एसएसडब्लू वर्किङ भिषा, ब्याचलर पास वर्किङ भिषाका लागि एन फाइब, एन फोर र स्कील कक्षाहरु समेत सञ्चालन समेत भइरहेको र अध्ययन गर्न चाहनेहरुका लागि दैनिक २ देखि ५ घण्टा सम्म कक्षाहरु चलिरहेको सञ्चालक श्रेष्ठले बताए ।

१३ औं संस्करणको प्रायोजकहरुमा सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, हिमश्री फुड्सको रारा तयारी चाउचाउ, ओमोडा जेको, इन्स्योरेन्स पार्टनरमा रहेर नेपाल इन्स्योरेन्स, अफिसियल वाटरमा रहेर सोल्टी वाटर, पेमेन्ट पार्टनरमा रहेर रेभल, अफिसियल एयरलायन्समा यति एयरलायन्स, विशेष सहयोगी संस्थामा रहेर पोखरा महानगरपालिका, सहयोगी संस्थाहरुमा अमरसिंह मावि, अमरसिंह महिला समुह, इन्टरनेट पार्टनरमा वर्लडलिंक कम्युनिकेशन र प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवमा आउनका लागि जुनसुकै ठाउँबाट पनि अनलाइनको माध्यामबाट टिकट काट्न सक्नेछन । त्यसका लागि रेभल एपको माध्यामबाट टिकटलाई सुरक्षित राख्न सकिने टिकट ब्यवस्थापन उपसमिति संयोजक पूर्ण श्रेष्ठले बताए । त्यसैगरी महोत्सव स्थल वरपर वल्र्डलिंकको इन्टरनेट समेत निशुल्क उपलब्ध हुने आयोजकले जनाएको छ ।

  • १० पुष २०८१, बुधबार १९:४१ प्रकाशित