छविको बयान सकियो, रविको आज पनि सुरु भएन

केन्द्रभाग मिडिया

पोखरा ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ । उनीसँग न्यायाधीश नितिज राईले बयान लिएका हुन् ।

सोमबारदेखि सुरु भएको छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान थालिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेसँग आजपनि बयान सुरु भएन । रविसँगै छवि, लिला र रामबहादुर खनाललाई मंगलबार पनि दिनभर जिल्ला अदालत राखिएको थियो ।

  • ९ पुष २०८१, मंगलवार १६:५० प्रकाशित