नेकपा एससँग एकताका लागि बामदेवका तर्फबाट तीन सदस्यीय वार्ता कमिटी गठन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

वामदेव गौतम नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय अभियान’ले नेकपा एकीकृत समाजवादीसँग एकताका लागि वार्ता गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ ।

अभियानका महासचिव डीबी कार्कीका अनुसार कार्कीकै नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय वार्ता कमिटी गठन भएको हो ।

विष्ट सचिव तथा धमला अभिनयनका स्थायी कमिटी सदस्य हुन् । एकीकृत समाजवादीका तर्फबाट भने अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटाले वार्ता गर्दै आएका छन् ।

नेता बाँस्कोटाले अभियानका तर्फबाट वार्ता कमिटी बनाएको औपचारिक जानकारी आएपछि दुवै पक्षबीच छलफल गरेर अभियानका नेता कार्यकर्ता एकीकृत समाजवादीमा समाहित हुनेछन् ।

  • ९ पुष २०८१, मंगलवार १५:१३ प्रकाशित