ब्राजिलमा निजी विमान दुर्घटना : पाइलटसहित एकै परिवारका १० जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा निजी विमान दुर्घटना हुदाँ पाइलटसहित एकै परिवारका १० जनाको ज्यान गएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार विमान उडाइरहेका ब्राजिलियन व्यवसायी लुइज क्लाउडियो गालेज्जीसहित उनकी पत्नी, तीन छोरी र परिवारका अन्य सदस्यको ज्यान गएको हो ।

विमान दुर्घटना हुँदा घरको चिम्नी, एउटा घर र पसलमा समेत क्षति पुगेको छ । स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा जमिनमा रहेका १७ जना घाइते भएका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

६१ वर्षीय गालेज्जीले आफ्नो परिवारलाई साउ पाउलोस्थित जुन्डिआईमा घुमाउन लगिरहेका थिए । रियो ग्रान्डे डो सुलका गर्भनर एडवार्डो लिटेले मारिने सबैभन्दा गालेज्जी परिवारकै सदस्य भएको बताए । उनका अनुसार खराब मौसमबिच विमानले उडान भरेको थियो ।

आइतबार बिहान विमान मात्र ३ किलोमिटर उडेपछि मानिसहरू बसोबास भएको क्षेत्रमा खसेको थियो ।

  • ८ पुष २०८१, सोमबार ०९:४० प्रकाशित