पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँ ६५ देखि ८७ रुपैयाँ सम्म प्रति के.जी किनबेच भएको छ । ठुलो गोलभेडाँ भने ८० रुपैयाँ देखि १०० रुपैयाँ सम्म किनबेच भएको छ ।
आज प्याज प्रति के.जी ८० देखि १०० रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ५० देखि ६० रुपैयाँ रहेको छ । गाजर १२० देखि १५० रुपैयाँ सम्म केजी रहेको छ । रायोको साग ३० देखि ४० रुपैयाँ छ ।बन्दा ४० देखि ५० रुपैयाँ के.जी,काउली ६० देखि १४० रुपैयाँ छ ।
अन्य तरकारी, फलफुल तथा मासुको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।