काठमाडौँ ।
हङकङबाट काठमाडौं आउँदै गरेको जहाजमा अचेत अवस्थामा भेटिएका एक यात्रुको निधन भएको छ ।
नेपाल एयरलाइन्सको जहाजमा सवार यात्रु देउमान लिम्बु गएराति हङकङबाट काठमाडौँ आउँदै गर्दा अचेत अवस्थामा भेटिएको नेपाल एयरलाइन्सले जनाएको छ। अचेत अवस्थामा भेटिएका लिम्बुलाई जहाज काठमाडौं अवतरण गरेबित्तिकै उपचारका क्रममा केएमसी अस्पताल पठाइएकोमा अस्पतालले निधन भएको बताएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन्।
गएराति हङकङबाट काठमाडौँका लागि निगमको आरए ४०१ उडान भएको थियो । उनी जहाजमै अचेत भेटिएपछि नजिकको अस्पताल केएमसी लगेपनि गएराति नै अस्पतालले मृत घोषणा गरेको बताइएको छ ।