टिकटक बनाउने क्रममा खोलामा खसेर दुई जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

Symbolic picture

तेह्रथुम ।

खोला किनारामा टिकटक बनाउने क्रममा दुई जनाको ज्यान गएको छ । आज दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको ज्यान गएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए ।

हिजो अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिए । शव मृतकका परिवारलाई आज मात्र हस्तान्तरण गरिने उनले बताए । रासस

  • ७ पुष २०८१, आईतवार ०८:५५ प्रकाशित