महोत्तरीमा डाँका समूहद्वारा एकजनाको हत्या गरी लुटपाट

केन्द्रभाग मिडिया

जनकपुरधाम ।
महोत्तरीमा डाँका समूहले एकजनाको हत्या गरी लुटपाट गरेको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका–४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरी उनको घरमा रहेको मङ्गलसूत्र र औंठी र नगद ८० हजार लुटेर लगेको प्रहरीले जनाएको छ ।

शनिवार बिहान ४ बजेको समयमा आएका ७/८ जनाको संख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताए ।
हत्या गरिएका व्यक्ति पूर्वगाविस सचिव हुन् । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • ६ पुष २०८१, शनिबार ०९:३८ प्रकाशित