बाजुराको रास्कोटमा भूकम्पकोे कारण घर चर्किए

केन्द्रभाग मिडिया

सुर्खेत ।
बाजुराको रास्कोटमा भूकम्पका कारण घर चर्किएका छन । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्पका कारण रास्कोटमा घरहरु चर्किएका हुन ।

कालिकोट जिल्लाको रास्कोट नगरपालिका अन्तर्गत वडा नं ३ र ४ का केहि बस्तीमा रहेका घरहरु चर्किएका हुन् । शनिबार बिहान ४ बजेर १४ मिनेटमा आएको भूकम्पका कारण वडा नं.३ र ४ का केही टोलहरुमा क्षती पु¥याएको छ ।

त्यस्तै वडा नं. ३ का अलि कुमाल ४ का खेमराज संन्ज्याल मन बहादुर शाही , नमराज शाही, बर्ज सुनारको घरहरु चिराचिरा भएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख टेकबहादुर शाहीले भौतिक क्षतिबारे विवरण सङ्कलनको काम भइरहेको जानकारी दिए ।

  • ६ पुष २०८१, शनिबार ०९:३१ प्रकाशित