बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

केन्द्रभाग मिडिया

पोखरा ।
बाजुरा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४: १४ बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको जानकारी प्राप्त भएको छ । यद्यपि भूकम्पबाट भएको क्षतिबारे अहिलेसम्म जानकारी नआएको र जिल्ला जिल्लामा बुझ्ने काम भइरहेको सुदूरपश्चिम प्रहरीले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले भने, ‘अहिलेसम्म क्षतिको कुनै जानकारी प्राप्त छैन । जिल्ला जिल्लाबाट रिपोर्ट माग्ने काम भइरहेको छ ।’

 

  • ६ पुष २०८१, शनिबार ०६:४६ प्रकाशित